नियम २०
बाटोको सुविधा

(१) संरक्षकले निकुञ्जभित्र सर्वसाधारणको सुविधाको लागि अनुसूची -४ मा तोकिए बमोजिमको बाटोबाट पैदल यात्रा गर्न, घरपालुवा जीवजन्तु हिंडाउन वा याक वा खच्चड लगायत कुनै पनि किसिमको सवारी हिंडाउन, चिन्हपट लगाई त्यस्तो बाटो तोकि दिन सक्नेछ र सर्वसाधारण जनताले पनि त्यसरी चिन्हपट लगाई तोकिदिएको बाटो मात्र उपयोग गर्नु पर्नेछ ।

(२) संरक्षकको लिखित अनुमति विना कुनै पनि अवस्थामा कसैले उपनियम (१) बमोजिम चिन्हपट लगाई तोकिदिएको बाटो छोडी अन्य बाटोको प्रयोग गर्न पाउने छैन ।

(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रतिकूल मौसममा चिन्हपट लगाई तोकिदिएको कुनै बाटो बन्द गर्न उपयुक्त ठानेमा मौसम अनुकूल नहुन्जेलसम्म संरक्षकले सो बाटो बन्द गर्न सक्नेछ ।